सगरमाथा आरोहणको क्रममा दुई विदेशीको मृत्यु
२०७५ जेठ ७ सोमबार १२:२१:००
मा प्रकाशित
काठमाडौं, ७ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने क्रममा आइतबार म्यासेडोनियाको आरोही र सोमबार जापानी आरोहीको मृत्यु भएको छ ।
शेर्पाहरुको समुहले क्याम्प २ नजिक ३६ वर्षीय जापानी आरोही नोबुकाजु कुरीकीको शव भेट्टाएको बताइएको छ । उनले विगतमा पनि पटक–पटक सगरमाथा आरोहणको प्रयास गरेपनि सफल हुन सकेका थिएनन् ।
त्यस्तैगरी ६३ वर्षीय म्यासेडोनियन जोर्जी पेत्कोभ पनि क्याम्प ३ नजिक करिब ७२०० मिटर मृत फेला परेका थिए । उनको आरोहणको क्रममा हर्ट अट्याक भएको बताइएको छ ।
दुबै आरोहीको शव सदरमुकाम ल्याउन प्रयासरत रहेको जानकारी प्राप्त भएको छ ।