कम्युनिस्ट एकता ! बधाई काङ्ग्रेस !
मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीहरूको एकता भएर नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइन बनेछ । समान विचार र स्वार्थका दलहरूकावीचमा ध्रुबीकरण स्वागतयोग्य र स्वाभाविक थियो , भयो !
त्यसैले यो एकताको लागि दुवै दलका नेता कार्यकर्ता सबैलाई बधाई ! तर काङ्ग्रेसलाई झन् ठूलो बधाई !
अव सत्तारुढ कम्युनिस्ट पार्टी मुलुकका प्रवल शक्ति मात्रै नभएर दुई तिहाई बहुमतको सरकारमा छ !
लक्ष विमुख र गतिहीन काङ्ग्रेस आफूभित्र कसलाई कसरी पछार्ने त्यही दाऊमा छ !
तर काङ्ग्रेसले आज आएर लक्ष हराएको होइन !
वर्तमान इतिहासमा २०४२ सालको सत्याग्रहबाट लक्ष हराउन शुरु गरेको हो !
वीपी कोइरालाको निधनको तीन बर्ष बित्दानबित्दै बीपीको राष्ट्रिय मेलमिलाप नीतिको विरुद्ध काङ्ग्रेसले सत्याग्रह गर्यो !
वैचारिक विचलन आरम्भ गर्यो ! त्यसको नेतृत्व गणेशमानजी र किसुनजीले गर्नु भयो ! २०४६ सालको आन्दोलन पनि वीपीको राष्ट्रिय मेलमिलाप नीतिको विपरित थियो !
त्यसको नेतृत्व गणेशमानजीले गर्नुभयो !
बीपीलाई अस्वीकारगरेर काङ्ग्रेसको नेतृत्व गर्नु भएको गणेशमानजीलाईपनि काङ्ग्रेसले अस्वीकार गर्यो !
गणेशमानजी काङ्ग्रेसबाट अलगिनु भयो !
२०४२ र २०४६ मा गणेशमानजी र किसुनजीले वीपीलाई अस्वीकार गर्नुभयो !
२०६२÷६३ र २०६५मा गिरिजाप्रसाद कोइरालाले वीपीलाई अस्वीकार गर्नु भयो र किसुनजी काङ्ग्रेसबाट बाहिरिनु भयो !
गिरिजाप्रसाद कोइराला . . . भनिरहनु पर्दैन !
यही हो काङ्ग्रेसको नियति !
लामो सङ्घर्ष, बलिदान, अभाव र असफलताको अनुभवको निष्कर्षस्वरूप बीपीले काङ्ग्रेसको राजनीतिक भविष्यलाई सुनिश्चित गराउने उद्देस्यले विचार र अचूक रणनीति समेत दिनुभएको थियो !
तर मुलुकभित्र कम्युनिस्टहरू र मुलुक बाहिर भारतीय रणनीतिको अङ्ग बन्दै जाँदा एकपछि अर्को गर्दै आजको काङ्ग्रेस !
कम्युनिस्ट पार्टीहरूको एकीकरणबाट एउटा महाकाय पार्टी बनेको अवशरमा आज वामपन्थी काङ्ग्रेसको परिचय बनाएको नेपाली काङ्ग्रेस पनि मूल बधाईको पात्र छ !
र २०४२ सालको सत्याग्रह देखि २०६२÷६३ सम्मका आन्दोलनमा म आफू पनि सानोतिनो भूमिकामा संलग्न रहेको अवस्थामा मैले आफैं पनि बधाई लिएको छु !
माथिका मेरा भनाई धेरैलाई अप्रिय लाग्ला !
तर विगतको निर्मम समीक्षा गर्न नसक्ने र विचार, रणनीति र संगठन कौशल प्रदर्शन गरेर अघि बढ्न नसक्ने काङ्ग्रेस नेपाली राजनीतिबाट हराउँदा राजनीतिलाई जागिर बनाएका केही सय नेता र कार्यकर्ता बाहेकलाई खासै चिन्ता पनि नरहला !
प्रतिद्वन्द्वी दलहरूको वा विरोधी दलको सरकारको गल्तीको लाभ लिन पनि सांगठानिक शक्ति त चाहिन्छ !
तर स्वेच्छिक अवसान रोज्न पनि पाइएला नै !
(नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष भट्टराईको फेसबूब स्टाटसबाट)