'अशान्तिको कारण धनी र गरीबवीचको दूरी '

२०७४ चैत १९ सोमबार १२:१०:०० मा प्रकाशित

काठमाडौं ।  युवा दार्शनिक समाजद्वारा काठमाडौमा एक साहित्यिक कार्यक्रम तथा बिचार आदान प्रदान कार्यक्रम आयोजना गरिएको थियो । जसमा विभिन्न बक्ताले शान्ति, समाज र साहित्यको विषयमा धारणा व्यक्त गरेका थिए । 

  अतिथिका रुपमा बोल्दै युनिसेफका दक्षिण एसिया पोलिसी एडभाइजर डा. अबदुल अलिमले गरिब र धनीबीचको दूरी नै अशान्ति हो भने । उनले जसरी बिरुवा बढ्छ त्यसरी नै साहित्य रचना पनि बढ्दै जानुपर्ने प्रकृया हो भन्ने बिचार राखे ।

उक्त कार्यक्रममा युवा दार्शनिक तथा कवि आदेश आचार्यको कविता ‘संग्रह’ अस्त्र पनि विमोचन भएको थियो ।

कवि आचार्यको बिचारमा गौतम बुद्ध कता जन्मेका हुन् भनेर वहस गरेर अरूलाई केही प्रमाणित गर्नु भन्दा बुद्धले बताएका एउटा कुरा ‘आफ्नो मार्ग आफैं निर्माण गर ’ भन्ने दार्शनिक, कवि, लेखक, विचारकले मनन तथा अनुसरण गरेमात्र बुद्धको लागि हाम्रो पथको चरितार्थ हुन्छ ।

ताजा खबर