‘द सेफ द वाटर’ ले जित्यो सर्वाधिक चार ओस्कार अवार्ड

२०७४ फाल्गुण २२ मंगलबार १२:३४:०० मा प्रकाशित

काठमाडौं, २२ फागुन । चलचित्र  ‘ द सेफ द वाटर’  यस वर्षको ओस्कार अवार्ड पाउन सफल भएको छ। १३ विधामा मनोनीत हुँदै यसअघि नै चर्चामा रहेको ‘द सेप अफ वाटर’ अन्य तीन विधासहित यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट फिल्म बनेको हो । आइतबार राति हलिउडको डल्बी थिएटरमा चलेको ९० औं अवार्ड समारोहमा ‘द सेप अफ वाटर’ ले उक्त विधामा प्रतिस्पर्धी आठ फिल्मलाई उछिनेको थियो । 

‘द सेफ द वाटर’का निर्देशक गुइलेर्मो डेल तोरो यस वर्षको सर्वोत्कृष्ट निर्देशक बन्न सफल भएका छन् भने डार्केस्ट आवर फिल्मका अभिनेता ओल्डम्यानले यस वर्षको उत्कृष्ट अभिनेताको पुरस्कार पाउन सफल भएका छन्।अभिनेत्री फान्सेस् म्याकडोरमण्डले फिल्म थ्री बीलबोर्डस् आउटसाइड ड्बीइङबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन्।

यस्तै प्राविधिक तर्फका तीन विधामा साउन्ड एडिटिङ, साउन्ड मिक्सिङ र फिल्म एडिटिङमा अवार्ड जित्दै ‘डनकर्क’ चाहिँ  ‘द सेप अफ वाटर’ पछि यस वर्षको बढी ओस्कार जित्ने फिल्म बनेको छ । चिलीको  ‘अ फेन्टास्टिक वुमन’ ले विदेशी भाषी फिल्म तर्फको उत्कृष्ट अवार्ड जित्न सफल भएको थियो ।

सिनेमाटोग्राफीको ओस्कार अवार्ड ‘ब्लेड रनर २०४९’ का लागि रोजर ए डिकिन्सले जिते भने  वर्षको उत्कृष्ट एनिमेटेड फिल्म र एनिमेटेड सर्ट फिल्मको अवार्ड क्रमश ‘कोको’ र ‘डियर बास्केटबल’ ले पाए । त्यस्तै उत्कृष्ट डकुमेन्ट्री तर्फको ओस्कार ‘इकारस’ ले पाएको थियो ।   

ताजा खबर