चन्द्रमामा फोरजी मोबाइल नेटवर्क ?

२०७४ फाल्गुण १८ शुक्रबार ०८:२४:०० मा प्रकाशित

तपाइले आफ्नो मोबाल फोनमा फोर जी स्पीडको सुविधा प्रयोग गर्न पाउनु भएको छ या छैन चन्द्रमामा भने उच्च गतिको फोर जी नेटवर्क छिट्टै शुरु हुँदैछ । भोडाफोन जर्मनी र नोकियाले मिलेर  चन्द्रमामा फोरजी नेटवर्क लगाउन लागेका हुन् ।

यसको मद्दतले रोबर्टले चन्द्रमाको लाइभ तस्वीर पृथ्वीमा पठाउन सक्नेछ । यो नेटवर्क बर्लिनको पीटी साइन्टिस्ट (पार्ट टाइम साइन्टिस्ट) नामको कम्पनीको मद्दतले बनाइने छ । कम्पनीले एउटा निजी चन्द्र रोबर्ट मिशनको योजना बनाइरहेको छ । मिशन अनुसार कम्पनीले अपोलो ११ मिशनको ५० वर्ष पुरा भएको अवसरमा चन्द्रमामा एउटा लन्चर र दुई रोबर्ट पठाउने छ । अपोलो ११ मिशन नासाको महत्वकांक्षी परियोजना थियो । मिशन अनुसार १९६९ मा नील आर्मस्ट्रङ र एडविन एल्डिनले पहिलो पटक चन्द्रमामा पाइला टेकेका थिए । 
भोडाफोन जर्मनीले आफ्नो आधिकारिक बयानमा भनेको छ, अघिल्लो वर्ष चन्द्रममा फोर जी नेटवर्क हुनेछ । भोडाफोन चन्द्रमामा फोरजी नेटवर्क स्थापित गर्ने योजना बनाइरहेको छ । यसका लागि कम्पनीले टेक्नोलजी पार्टनरका रुपमा नोकियाको छनोट गरेको छ । पीटी साइन्टिस्टका संस्थापक तथा सीइओ रोबर्ट बोमले भनेका छन्, यो सौर्य मण्डलको सस्तो खोजीतर्फ पहिलो कदम हो । यो प्रविधिको माध्यमबाट हामीले सजिलै र कम चर्खमा एचडी (हाइ डेफिनेशन) भिडियो डाटा प्राप्त गर्न सक्छाँै ।  यो पहिलो निजी खर्चमा पुरा हुने पहिलो मिशन हुनेछ । 
कस्तो होला ट्रान्समिशन उपकरण ? 
सामान्यतया इन्टरनेट सेवाका लागि टावर बनाइन्छ । तर चन्द्रमामा यस्तो हुनेछैन । नोकिया फोरजी ट्रान्समिशनका लागि अहिलेसम्मकै सबैभन्दा हलुका ट्रान्समिशन उपकरण बनाइने छ । जसको तौल चीनीको एउटा थैली भन्दा पनि कम हुनेछ । नोकियाका अनुसार यो ट्रान्समिशन उपकरण एक किलो भन्दा पनि कम तौलको हुनेछ । फोरजी ट्रान्समिशनका लागि १८०० मेगाहर्टज फ्रिक्वेन्सी ब्याण्ड को प्रयोग हुनेछ । जुन एचडी भिडियोका लागि आवश्यक हुन्छ । सुरुमा दुबै रोवर्टले आधार स्टेशनमा एचडी भिडियो पठाउनेछन् । यसपछि मात्र उक्त भिडियो पृथ्वीमा पठाइने छ । ती रोबर्टले १९७२ मा नासामा पठाइएको अपोलो १७ को पनि निरीक्षण गर्नेछन् । अपोलो १७ को प्रयोग चन्द्रमामा जानका लागि अन्तिम पटक अन्तरिक्ष यात्रीले प्रयोग गरेका थिए । 
फोर जी नै किन ? 
यस महत्वकांक्षी मिशनका लागि फोर जी नै किन चुनियो त ? रोयटर्सको रिपोर्ट अनुसार मिशनसँग जोडिएका एक अधिकारले फाइब जीको परीक्षण भइरहेकाले प्रयोग नगरेको जानकारी गराएका छन् । साथै फाइब जी नेटकर्वले चन्द्रमामा काम गर्छ या गर्दैन भन्ने कुरा पनि प्रमाणीत भएको छैन । हालसम्म चन्द्रमामा जाने रोबर्टले एक अर्कासँग सम्पर्कका लागि एनालग रेडियो ट्रान्समिशन प्रविधिको प्रयोग गर्दै आएका छन् । फोरजी सम्पर्कका लागि एनालग रेडियोमा भन्दा कम उर्जा खपत हुनेछ ।  पृथ्वीबाट चन्द्रमाको दुरी तीन दशमलव ५८ लाख किलोमिटर रहेको छ । 
कस्तो होला रोबर्ट ? 
पीटी साइन्टिस्टका अनुसार रोबर्टमा चार पांग्रा हुनेछन् । जसको सहायताले रोबर्ट चन्द्रमाको सतहमा हिड्न सक्नेछ । रोबर्ट ३० किलोग्रामको हुनेछ । जसमा पाँच किलो अतिरिक्त भार बोक्ने क्षमता हुनेछ । रोबर्टले फोरजी प्रविधिको माध्यमबाट थ्रीडी भिडियो कैद गर्न सक्नेछ । बीबीसीको सहयोगमा ।
 

ताजा खबर