‘प्याड म्यान’ र ‘पद्मावत’ प्रर्दशन सँगसँगै 

२०७४ पौष २४ सोमबार १२:४१:०० मा प्रकाशित

मुम्बई । सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ लाई सेन्सर बोर्डले प्रदर्शन गर्न  निर्णय दिए पनि फिल्मले प्रर्दशनको मिती भने तोक्न सकेको छैन । भारतीय बजारमा फिल्म २५ जनवरीमा प्रर्दशनमा आउने हल्ला भने निकै छ ।

बलिउडमै अहिलेसम्मकै महँगो बजेटमा निर्माण गरिएको फिल्मको लागि जनवरी २५ नै उचित मिती देखिएको छ । किनकी, यो मितीमा फिल्म प्रर्दशन हुँदा फिल्मले गणतन्त्र दिवसको विदा खान पाउनेछ । २६ तारिख शुक्रबार गणतन्त्र दिवस हुँदा फिल्म विहिबार नै प्रर्दशन  हुनेछ । यसो गर्दा फिल्मले ४ दिने विकेन्ड मनाउन पाउनेछ ।

यता बक्स अफिसमा दुई फिल्मको भिडन्तका बारेमा सोधिएको प्रश्नमा ‘प्याड म्यान’ निमात्री प्रेरणा अरोडाले भनेकी छिन् कि, मलाई यो भिड्न्तका बारेमा कुनै जानकारी छैन् ।  यो बारेमा कुनै अनुमान पनि गरिएको छैन । हाम्रो फिल्म प्याड म्यान २५ जनवरीमा प्रर्दशन हुन्छ हुँदैछ । फिल्मका नायक अक्षय कुमार पनि यसको  आधिकारिक रुपले घोषणा गरिसकेका छन् ।

यदी ‘पद्मावत’ २५ जनवरीमा प्रर्दशनमा आयो भने भारतीय बक्स आफिसमा दुई फिल्मबीच दरो टक्कर हुने निश्चित छ । सोही दिन अक्षय कुमारको ‘प्याड म्यान’ पनि प्रर्दशन हुँदैछ । भारतीय बक्स अफिसमा दुबै फिल्म एक साथ प्रर्दशनमा आए  दुवैलाई घाटा हुने कुरा करिब करिबनिश्चित नै छ ।एजेन्सीको सहयोगमा  
 

ताजा खबर