हिन्दू परिषद्मा धर्मेन्द्र पटेल  

२०७४ पौष १९ बुधबार १६:३३:०० मा प्रकाशित

बीरगंज, १९ पुस । हिन्दू परिषद् नेपाल पर्सा जिल्ला कार्यसमिति धर्मेन्द्र पटेलको अध्यक्षतामा पुनः गठन गरिएको छ । बुधबार बसेको बैठकले ३१ सदस्यीय पर्सा जिल्ला समिति गठन गरेको बताईएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा डा। अनिल झा, उपाध्यक्ष राजकुमार मिश्रा, महिला उपाध्यक्ष उषा पटेल, सचिव घन्श्याम सापकोटा, सह सचिव उदयकान्त झा, कोषाध्यक्ष गोमा उपाध्याय, जिल्ला सदस्यहरुमा अनिल पटेल, सचितानन्द दुबे, अंशु कुमार, दशरथ ठाकुर, अनिल सर्राफ, सोनु कुमार, प्रेम कुशवाहा, पप्पु कुमार गुप्ता, विनोद सिंह, शशि साह कानु, विनोद विश्वासी, अनिल सर्राफ, रविन्द्र साह, पप्पु गुप्ता, संदिप गुप्ता, दिपलाल महतो, भरत साह कानु, सिता पटेल, मन्जु वर्णवाल, उमेश साह कानु, पुनम ठाकुर, पुष्पा सर्राफ, जिल्ला सल्लाहकार ओम प्रसाद गुप्ता, महिला संगठन पर्सा सह संयोजक रेखा साह, हिन्दु परिषद नेपाल बीरगंज महानगरपालिका संयोजक दिपक साह कानु, उपाध्यक्ष द्धय भरत सर्राफ, प्रशान्त दुवे, सचिव कृष्णा चौरसियालाई सर्वम्मतिले चयन गरिएको छ।

बीरगंज माईस्थानमा  भएको पर्सा जिल्ला पुनः गठन कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय कोषाध्यक्ष मिनु ठाकुर, केन्द्रिय सदस्य भुपेन्द्र पौडेल, सुरेश साह कानु लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि हिन्दुवादी अगुवा नेता एवं धर्माचार्य भोला बाबा, संस्थापक एवं संरक्षक पंडित पुरुषोत्तम दुबे र केन्द्रिय अध्यक्ष संतोष पटेलले नव निर्वाचित पदाधिकारी एवं समितिका सदस्यहरुलाई स्वागत तथा सम्मान गरेका थिए । 
 

ताजा खबर