यूएईविरुद्धको खेलमा नेपाल आठ रनमा अलआउट

२०७९ जेठ २१ शनिबार १२:२६:०० मा प्रकाशित

काठमाडौँ । आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रको छनोट खेलअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट भएको छ । मलेसियाको यूकेएम ओभलमा शनिबार टस जितेर ब्याटिङ गरेको नेपाली टिम ८ ओभर १ बलमा न्यून स्कोरमा समेटिएको हो । नेपालका लागि स्नेहा महराले बनाएको ३ रन नै उच्च स्कोर बन्न पुग्यो ।

नेपालका ६ जना ब्याट्सवुमेन शून्यमै आउट भए । यूएईकी माहिका गौरले ४ ओभरमा २ रन मात्र खर्चंदै ५ विकेट लिइन् । त्यस्तै इन्धुजा नन्दाकुमारले ३ विकेट लिइन् । खेलमा यूएईले ७ बलमै नेपाललाई १० विकेटले पराजित गरेको छ ।

शुक्रबार नेपालले कतारलाई ७९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । छनोटमा आयोजक मलेसियासहित नेपाल, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकामा हुने प्रतियोगिताका लागि स्थान बनाउनेछ ।
 

ताजा खबर