बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी छुः भारतीय प्रधानमन्त्री मोदी

२०७९ जेठ २ सोमबार १०:३०:०० मा प्रकाशित

लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएका छन् । प्रधानमन्त्री मोदी सोमबार बिहान साढे १० बजे भैरहवामा आइपुगेका हुन् । हेलिकप्टरमा आएका उनी भैरहवामा ओर्लिए लगत्तै सिधै लुम्बिनीस्थित मायादेवी मन्दिरतर्फ गएका थिए । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिप्याडमै पुगेर स्वागत गरेका थिए ।

नेपाल ओर्लिए लगत्तै मोदीले ’बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको’ प्रतिक्रिया दिएका छन् । उनको स्वागतका लागि प्रधानमन्त्री देउवासहित सरकारका मन्त्रीहरु हिजै लुम्बिनी पुगेका थिए । ।

ताजा खबर