मतदानका दिन सबै आन्तरिक उडान बन्द हुने

२०७९ बैशाख २५ आइतबार १३:२५:०० मा प्रकाशित

काठमाडौं । वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ ।

सङ्घले आइतबार विज्ञप्ति जारी गरी मतदानका दिन उडान बन्द हुने जानकारी गराएको हो । निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचनको मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् ।


 

ताजा खबर