कामी रिता शेर्पाद्वारा २६ औं पटक सगरमाथा आरोहण

२०७९ बैशाख २४ शनिबार २०:१७:०० मा प्रकाशित

काठमाडौं । कामी रिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । शेर्पा अन्य १० जना आरोहीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेका सेभेन समिटले जनाएको छ ।

उनीसँगै सोना शेर्पा, निग्मा तासी शेर्पा, फुर्वा छिरिङ शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा, फुर्वा कुसाङ शेर्पा, मिग्मा दाण्डु शेर्पा, पासतेञ्जी शेर्पा, तारेमान तामाङ र फुर्वा छोतार सगरमाथा चुचुरोमा पुगेका छन् । सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामी रिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ ।

ताजा खबर