फिल्म ‘जीरो’ मा होचा बन्दै शाहरुख खान 

२०७४ पौष १८ मंगलबार १४:५९:०० मा प्रकाशित

मुम्बई । अंग्रेजी नयाँ वर्षको अवसरमा बलिउडका सुपर स्टार शाहरुख खानले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् । ‘जीरो’, नाम रहेको फिल्ममा शाहरुख एक होचा पात्रको भूमिकामा देखिएका छन् ।

फिल्मलाई आनन्द एल रायले निर्देशन गर्नेछन् भने  चलचित्रको नाम ‘जिरो’ शाहरुख खान आफैले राखेका हुन् । चलचित्रमा शाहरुख खान होचो व्यक्तिको भूमिकामा छन् । बितेको वर्ष शाहरुखका लागि खासै लाभदायक  भएन । गत वर्ष  प्रर्दशनमा आएको  ‘जब हैरी मेट सेजल’ वक्स अफिसमा खासै टिकेन ।

अब यस फिल्मबाट भने शाहरुखले निकै आश गरेको बताइएको छ । फिल्ममा शाहरुखसँगै क्याटरिना कैफ तथा अनुष्का शर्माको अभिनय रहनेछ।

फिल्म २१ डिसेम्बरमा प्रदर्शनमा आउनेछ । एजेन्सीको सहयोग  
 
 

ताजा खबर