प्रधानसेनापति शर्मा र भारतको असम राइफल्सका महानिर्देशकबीच भेटवार्ता

२०७८ चैत २९ मंगलबार १२:४८:०० मा प्रकाशित

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाको असम राइफल्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर (अति विशिष्ट सेवा पदक, युद्ध सेवा पदक विजेता) बीच मंगलबार जंगी अड्डामा भेटवार्ता भएको छ ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

ताजा खबर