युक्रेनमा रुसी नौसेनाका वरिष्ठ कमाण्डरको मृत्यु
२०७८ चैत ७ सोमबार १२:२४:००
मा प्रकाशित
रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएका छन् । उनको मृत्यु भएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले पुष्टि गरेका छन् ।
पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लीटका डेपुटी कमाण्डर पोस्ट–क्याप्टेन आन्द्रेई पालीको मृत्यु भएको हो । मिखाइल रजभोजायेभले मेसेजिङ एप टेलिग्राममा सो कुरा उल्लेख गरेका छन् । सेभास्टोपोल रूसको ब्ल्याक सी फ्लीटको आधार हो।