यातायात व्यवस्था कार्यालयको सवारी दर्ता किताबसहित बिचौलिया पक्राउ

२०७८ चैत ६ आइतबार २२:०१:०० मा प्रकाशित

काठमाडौँ । महानगरीय प्रहरी परिसर ललितपुरले सवारी पास भइसक्दा पनि खरिदकर्तालाई सवारीसाधन नदिएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । चितवनको भरतपुर मनोज बास्तोलालाई प्रहरीले आइतबार शंखमूलबाट पक्राउ गरेको हो । शेरसिंह थापाको जाहेरीमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको हो ।

सवारी पास भएको भनी आठ लाख ५० हजार रुपैयाँसमेत लिएको तर सवारीसाधन उपलब्ध नगराएको भन्ने थापाको जाहेरीका आधारमा बास्तोलालाई पक्राउ परेका हुन्। त्यसक्रममा यातायात व्यवस्था कार्यालय वाग्मतीको रजिष्टर समेत फेला परेको र विभिन्न सवारीको दर्ता उल्लेख भएको प्रहरीको भनाई छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनामा रहनुपर्ने सरकारी कार्यालयको सवारी दर्ता गर्ने अभिलेख व्यक्तिसँग के कसरी भयो भनी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । बास्तोलालाई ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा खबर