प्रधानमन्त्री वीरगंजमा
२०७८ फाल्गुण २६ बिहीबार १२:२३:००
मा प्रकाशित
वीरगंज । प्रधानमन्त्री शेरबहादुर देउवा वीरगञ्ज आएका छन् । कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सम्मान कार्यक्रममा सहभागी हुन देउवा वीरगञ्ज आइपुगेका हुन् ।
वीरगञ्जमा उनले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान तथा प्रमाणपत्र हस्तान्तरण गरेका छन् । भर्खरै सकिएको अधिवेशनबाट पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित भएका छन् ।