पुटिनलाई युद्ध रोक्न जर्मन चान्सलरको आह्वान

२०७८ फाल्गुण २१ शनिबार ०८:५६:०० मा प्रकाशित

जर्मन चान्सलर ओलाफ सोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न आग्रह गरेका छन् । पुटिनसँगको एक घण्टा लामो फोन कुराकानीमा जर्मन चान्सलर ओलाफ सोल्जले युद्ध रोक्न आग्रह गरेका हुन् ।

जर्मन सरकारका प्रवक्ताका अनुसार चान्सलर सोल्जले युक्रेनमा भइरहेको रुसी आक्रमण तत्काल बन्द गर्न आह्वान गरे । साथै उनले पुटिनलाई लडाइँ चर्किएका ठाउँमा मानवीय सहयोगका निम्ति पहुँच स्थापित गर्न पनि आग्रह गरेको बताइएको छ । एक घण्टा लामो कुराकानीमा दुवै नेताले थप कुराकानी गर्न सहमति जनाएको प्रवक्ताले बताएका छन्।

ताजा खबर