राप्रपाका सात विभागीय प्रमुख मनोनित

२०७८ फाल्गुण १२ बिहीबार १९:४२:०० मा प्रकाशित

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम विभिन्न विभागको प्रमुखमा नेताहरुलाई मनोनयन गरेका छन् । प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार सातवटा विभाग प्रमुख मनोनित भएका छन् । श्रेष्ठलाई प्रचार विभाग प्रमुख बनाइएको छ ।

मनोनित विभागीय प्रमुखहरु यसप्रकार छन् :

१. महामन्त्री राजेन्द्र गुरुङ- संयोजित संगठन समन्वय विभाग प्रमुख

२. प्रवक्ता मोहन श्रेष्ठ - प्रचार विभाग प्रमुख

३. प्रवक्ता गोपाल दाहाल- सम्पर्क समाज समन्वय विभाग प्रमुख

४. प्रवक्ता ज्ञानेन्द्र शाही - सुशासन विभाग प्रमुख

५. केन्द्रीय सदस्य आनन्द अधिकारी- प्रवास विभाग प्रमुख

६. लक्ष्मी संग्रौला- वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुख

७. दमन बस्नेत - खेलकुद विभाग प्रमुख

ताजा खबर