भारतले व्यवसायिक अन्तराष्ट्रिय उडान फेब्रुअरी २८ सम्म स्थगित गर्ने

२०७८ माघ ६ बिहीबार ०९:०२:०० मा प्रकाशित

कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट यहाँ आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बताएका छन् ।

\मुलुकको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले जारी गरेको परिपत्रअनुसार डीजीसीएले तोकेरै स्वीकृत गरेको अन्तर्राष्ट्रिय सबै कार्गो सञ्चालन तथा उडानका लागि यो प्रतिबन्ध लागू हुने छैन ।

भारतको नागरिक उड्डयन महानिर्देशनालय जारी गरेको आदेशमा भनिएको छ, ‘सन् २०२१ को नोभेम्बर २६ मा गरिएको महानिर्देशनालयको परिपत्रमा आंशिक परिमार्जन गरिएको छ ।’

पछिल्लो निर्णय अनुसार भारतबाट विदेश जाने र विदेशबाट यहाँ आउने अन्तर्राष्ट्रिय वाणिज्य यात्रु सेवालाई फेब्रुअरी २८ को राति २३ः५९ बजेसम्मका लागि विस्तार गर्ने निर्णय गरिएको छ ।

तथापि, ‘एअर ववल’ प्रबन्ध अन्तर्गत हुने सबै उडानहरू भने यस निर्णयबाट प्रभावित हुने छैनन् । बढ्दो कोभिड सङ्क्रमणको फैलावटलाई नियन्त्रण गर्न भारतले मार्च २०२० को अन्त्यतिर राष्ट्रव्यापी लकडाउनका साथै अन्तराष्ट्रिय तथा राष्ट्रिय उडानहरू स्थगित गरेको थियो । तर झण्डै दुई महिनाको अवरुद्धतापछि २५ मे, २०२० देखि घरेलु उडान पुनः सञ्चालनमा आउन सुरु भएको थियो ।

ताजा खबर