प्रधानमन्त्री र प्रचण्डबीच स्थानीय तहको निर्वाचनका विषयमा छलफल

२०७८ माघ ३ सोमबार १४:३८:०० मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमणमुक्त भएसँग नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट थालेका छन् । सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

भेटमा स्थानीय तहको निर्वाचन, राजनीतिक समन्वय समितिको बैठक बोलाउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । संवैधानिक व्यवस्था अनुसार नै चुनावहरु सम्पन्न गर्नेमा दुबै नेता प्रतिबद्ध रहेको सचिवालयले जनाएको छ ।

 

बिहान PM र CM बीच बालुवाटारमा भेट भयो।
माघ ४ गते बिहान ९ बजे सरकार संचालन सहयोग संयन्त्रको बैठक वालुवाटारमा बस्ने।
संवैधानिक ब्यवस्था अनुसार नै चुनावहरु सम्पन्न गर्नेमा दुबै नेता प्रतिबद्ध।

— Ramesh Malla (@Rameshmalla035) January 17, 2022

 

ताजा खबर