नरवणे भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’ नियुक्त

२०७८ मङ्सिर २६ आइतबार २१:४३:०० मा प्रकाशित

भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ(सीडीएस) जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा भारतका स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे नियुक्त भएका छन् । रावतको निधनपछि दोस्रो बरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी सम्हालिरहेका थिए ।

नरवणेको पदोन्नतीसँगै लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहांटीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ । भारतीय सेनाका २७औं चीफ अफ आर्मी स्टाफ रहेका मनोज मुकुन्द नरवणे अब चीफ अफ डिफेन्स स्टाफ भएका छन् । भारतको पुणेमा जन्मिएका ६१ वर्षीय नरवणे सातौं शिख लाइट इन्फेन्ट्री युनिटमा आवद्ध छन् ।
 

ताजा खबर