अमेरिकामा कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ प्रतिशतले बृद्धि

२०७८ मङ्सिर २३ बिहीबार १४:४२:०० मा प्रकाशित

अमेरिकाको संघीय सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो हप्तामा कोभिड–१९ सङ्क्रमणबाट दैनिक मृत्यु हुनेको औसतमा ५७ प्रतिशतले वृद्धि भएको छ ।

तथ्याङ्क अनुसार अब प्रति दिन लगभग १०३,००० नयाँ केसहरू देखिएका छन् । जुन पछिल्लो हप्तामा १९ प्रतिशतले वृद्धि भएको छ र अक्टोबरको अन्त्यदेखि ६२ प्रतिशतले बढेको छ । यसै बीच ओमिक्रोन भेरियन्ट अब कम्तिमा २० अमेरिकी राज्यहरूमा फेला परेको छ।

 

ताजा खबर