इन्डोनेसियाको जाभा प्रान्तमा पहिरोमा परी चार जनाको मृत्यु
२०७८ मङ्सिर ४ शनिबार २१:०४:००
मा प्रकाशित
![](https://archive.saralpatrika.com/uploads/news/images/java.2021-11-20-09-06-54.jpeg)
इन्डोनेसियाको मध्य जाभा प्रान्तमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीले शनिबार दिउँसो भारी वर्षापछि बन्जरनेगारा जिल्लाका धेरै घरहरूमा क्षति पुगेको जनाइएको छ ।
सन् २०१४ मा सोही जिल्लामा यस्तै पहिरोमा परी सयभन्दा बढीको ज्यान गएको थियो । इन्डोनेसियामा वर्षाको मौसममा बाढी र पहिरोका घटनाहरू सामन्य जस्तै हुने गर्छ सामान्यतया अक्टोबरदेखि मार्चसम्म यसको बढी असर देखिन्छ ।