प्रधानन्यायाधीशको समर्थन र विरोधमा प्रदर्शन

२०७८ कार्तिक २९ सोमबार १०:५८:०० मा प्रकाशित

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै सोमबार पनि कानुन व्यवसायीले सर्वोच्च परिसरमा प्रदर्शन गरेको छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले प्रदर्शन गरेका हुन् ।

नेपाल बार एसोसिएसनको कार्यालयबाट सर्वोच्च प्रवेश गर्ने क्रममा कानुन व्यवसायी र प्रहरीबीच केहीबेर केहीबेर घम्साघम्सीसमेत भएको थियो । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले तीन सातादेखि धर्ना र प्रदर्शन गर्दै आएको छ ।

यसैबीच, सोमबार सर्वोच्च अदालत परिसर बाहिर प्रधानन्यायाधीश जबराका समर्थकहरुले प्रदर्शन गरेका छन् । उनीहरुले कानुन व्यवसायीहरुको जारी आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा खबर