गद्दाफीका छोराले लिबियाको राष्ट्रपति पदमा उम्मेदवारी दिने

२०७८ कार्तिक २८ आइतबार २०:०३:०० मा प्रकाशित

लिबियाका तत्कालीन तानाशाह मोअम्मर गद्दाफीका छोराले अर्को महिना हुन गइरहेको राष्ट्रपतीय चुनावको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्  । सेफ अल–इस्लामले दक्षिणी शहर सबाहमा आफ्नो उम्मेदवारीको कागजात पेश गरेको लिबियाको निर्वाचन एजेन्सीले आइतबार जानकारी दिएको छ ।

गद्दाफीका छोरालाई २०११ को अन्तमा लडाकुहरूले कब्जामा लिएका थिए। सेफ अल–इस्लाम पाँच वर्षभन्दा बढी हिरासतमा रहेपछि सन् २०१७ को जुनमा रिहा भएका थिए।
 

ताजा खबर