भारतमा थप ११ हजारलाई कोरोना संक्रमण

२०७८ कार्तिक २७ शनिबार १२:५३:०० मा प्रकाशित

भारतमा गत २४ घण्टामा ११ हजार ८५० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमितको संख्या तीन करोड ४४ लाख २६ हजार ३६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

यसैअवधीका कोरोनाको कारण ५५५ जनाको मृत्यु भएको थियो । यसैसँगै कोरोनाबाट हालसम्म ४ लाख ६३ हजार २४५ जना पुगेको मन्त्रालयले जनाएको छ । भारतमा हाल एक लाख ३६ हजार ३०८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सक्रिय सङ्क्रमितका यो संख्या २७४ दिनको सब भन्दा कम हो । गत २४ घण्टामा यहाँ १२ हजार ४०३ जना कोरोना मुक्त भएका छन् यसैसँग यहाँ कोरोना शुरु भएयता तीन करोड ३८ लाख २६ हजार ४३८ जना कोरोना मुक्त भएका छन् ।
 

ताजा खबर