सेनाको कारबाहीमा नाइजेरियामा १५ बन्दुकधारीको मृत्यु

२०७८ कार्तिक २६ शुक्रबार १५:०२:०० मा प्रकाशित

नाइजेरियामा सरकारी सुरक्षाकर्मीहरुको कारबाहीमा परी कम्तीमा १५ बन्दुकधारी मारिएका छन् । उनीहरुले अरु ४८ बन्दुधकारीलाई पक्राउ पनि गरेको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी बन्दुकधारीहरुबाट अपहरमा परेका ४२ जनालाई पनि सुरक्षाकर्मीहरुले रिहा गराएका छन् । मारिएका, पक्राउ परेका र रिहा भएकाहरुको यो सङ्ख्या गत अक्टोबर २९ देखि गत बिहीबारम्मको हो ।

राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता बेर्नार्ड ओनीएउकोले सरकारी सुरक्षाकर्मीलाई सफलता प्रान्त भइरहेको र बन्दुकधारीहरुलाई निस्तेज पार्दै गएको दाबी गरे । सुरक्षाकर्मीहरुले हवाई आक्रमण समेत गरेका थिए । उनीहरुले आपराधिक तथा हिंसात्मक गतिविधिका विरुद्धमा कारवाही अभियान जारी रहने पनि जनाएका छन् ।

ताजा खबर