विशेषतालाई ‘लिटिल मिस क्वीन इन्टरनेसनलमा फस्ट रनर अप’को उपाधी

२०७४ पौष २ आइतबार १३:०४:०० मा प्रकाशित

काठमाडौं, २ पुस ।  बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस क्वीन इन्टरनेसनल–२०१७’ मा नेपालका तर्फबाट सहभागी भएकी विशेषता बुढाथोकीले वेष्ट अफ द वेष्ट अवार्ड सहित फस्ट रनर अप को उपाधी जितेकी छिन् ।

हालै ब्राजिलको साउपाउलो स्थित होटेल नोभोटेल जारगुवा कन्भेन्सन सेन्टरमा संचालन भएको ‘लिटिल मिस क्विन इन्टरनेशनल’ फाइनल प्रतियोगितामा  विशेषता सहित विश्वका ३१ राष्ट्रका लिटिल मिस क्वीनको सहभागिता जनाएका थिए । विशेषताको यस प्रतियोगितामा गराउनका लागि नेपालको आधिकारिक संस्था ई प्लानेट प्रा.लि ले व्यवस्थापन गरेको हो ।

यस अघि विशेषताले टर्कीको बोड्रम शहरमा सम्पन्न भएको बालबालिकाहरु सम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य तथा प्रतिभा मापनको प्रतियोगिता लिटिल मिस एण्ड मास्टर वल्र्ड युनिभर्स २०१७ मा लिटिल मिस प्लानेट तथा लिटिल मिस ट्यालेन्ट विधाको अवार्डमा सफलता हात पारेकी थिइन् ।

विशेषता हालै राजधानीमा मिडिया ल्याण्डले संचालन गरेको आठौं संस्करणको चाइल्ड आइकन नेपाल २०१७ का विजेता पनि हुन् भने उनले उक्त प्रतियोगितामा  वेष्ट ड्रेस र फ्रेन्डशीप विधाको अवार्ड पनि जितेकी थिइन् ।

ताजा खबर