राजनराज सिवाकोटीको ‘तिम्ले देको गलबन्दी’
२०७८ कार्तिक १३ शनिबार ००:२५:००
मा प्रकाशित
गायक राजनराज सिवाकोटीको नयाँ गीत ‘तिम्ले देको गलबन्दी’ सार्वजनिक भएको छ । बिनोद बन्जारा र सिवाकोटीको शब्द रहेको गीतमा स्वर र संगीत पनि सिवाकोटीले नै भरेका हुन् ।
सार्वजनिक प्रेमिल गीतमा अभिनेत्री मलिका महत र अभिनेता कुशाङ बोम्जनको अभिनय देख्न सकिन्छ । रिलिज गीतको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् ।