चिनियाँ राष्ट्रपति र वेलायती प्रधानमन्त्रीबीच फोनवार्ता

२०७८ कार्तिक १२ शुक्रबार २०:४८:०० मा प्रकाशित

वेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र चिनियाँ राष्ट्रपति सि चिन पिङबीच कुराकानी भएको छ । आसन्न कोप–२६ को पूर्वसन्ध्यामा दुई प्रभावशाली मुलुकका शीर्ष नेताहरू बीचमा टेलिफोनमा कुराकानी भएको हो ।

उनीहरूबीचमा जलवायु परिवर्तन र त्यसका असरहरू न्युनिकरण गर्न ठोस कदम चाल्नु पर्ने विषयमा कुराकानी भएको जनाइएको छ । विश्व व्यापार तथा आर्थिक सहकार्य, सुरक्षा, मानव अधिकारलगायतका विषयमा पनि दुई शीर्ष नेताले छलफल गरेका थिए ।

प्रधानमन्त्री जोनसोनको सचिवालयद्वारा जारी वक्तव्यमा चिनियाँ राष्ट्रपति सम्मेलनमा भौतिक रुपमा सहभागी नहुने भएकाले उहाँहरुका बीचमा फोनमा कुराकानी भएको उल्लेख गरिएको छ । वेलायतकै आयोजनामा आगामी आइतबारदेखि ग्लासगोमा दुई हप्ते शिखर सम्मेलन हुन लागेको छ ।

ताजा खबर