राष्ट्रिय फुटबल टिमले माल्दिभ्समा यसरी मनायो दशैं(फोटो फिचर)
२०७८ असोज २९ शुक्रबार १६:०८:००
मा प्रकाशित
काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा सबैले आफन्त र परिवारसँग मनाइरहेका बेला नेपाली राष्ट्रिय फुटबल खेलाडीहरु यतिबेला माल्दिभ्समा साफ च्याम्पियनसिपका लागि रहेका छन् । उनीहरु माल्दिभ्समा नै टिमका साथ दशैंको टीका र जमरा लगाएका छन् ।
खेलाडी तथा अफिसियललाई टिमका व्यवस्थापन मधुसुधन उपाध्यायले टीका र जमरा लगाइदिएका थिए । यसका साथै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि उपाध्यायले आफूले लगाएको ढाका टोपी लगाइदिएर टीका र जमरा लगाइदिएका थिए । कोभिडका कारण बाहिर जान कठिन भएकाले टिमले आफू बसेकै होटेलमा देशैं मनाएका थिए ।