मंसीर २९ मा सुनिलको ‘हरियो ढुङ्गा’अाउँदै

२०७४ मङ्सिर २६ मंगलबार १३:३५:०० मा प्रकाशित

काठमाडौं,२६ मंसीर । ‘ज्ञ’ समुहले तयार पारेको नाटक ‘हरियो ढुङ्गा’ यही मंसीर २९ गतेबाट मञ्चन हुने भएको छ । उपेन्द्र सुब्बाले लेखेको कथा संग्रहमा संग्रहित कथा ‘हरियो ढुङ्गामा’ आधारित नाटक हो ।

झापा बेलडागीमा भुटानी शरणार्थीहरुको क्याम्पको परिवेशमा रहेर नाटक तयार पारिएको बताउँछन् निर्देशक सुनिल पोखरेल । एउटा शरणार्थीले भेटेको हरियो ढुङ्गाले उसको परिवारमा के कस्तो असर पार्छ भन्ने बारेमा बनाइएको कथा हो । 

‘हरियो ढुङ्गा त्यहाँ साच्चै नै भेटिएको रहेछ’ उनले भने, लेखक उपेन्द्र सुब्बा एउटा फिल्मको स्क्रिप्ट लेख्न बस्दा उसले त्यहाँ थाहा पाएको कथा रहेछ यो, निर्देशक पोखरेलले प्रष्टाए ।

निर्देशक पोखेरेल भन्छन्, नाटकमा नयाँ कलाकारलाई नै अभिनय गराउनुको कारण उनीहरुलाई कक्षामा पढाएर मात्र हुदैन भन्ने हो । उनीहरुलाई नाटकमा काम दियो भने पढेको पनि काम लाग्छ र उनीहरुले सिक्ने मौका पाउँछन् ।

सुनिल पोखरेलको परिकल्पना तथा निर्देशन रहेको नाटकमा विपिन कार्की, आभास अधिकारी, सुनिसा बजगाई, अनिल सुब्बा, मौसम खड्का, राज न्यौपाने, अर्जुन शिवाकोटी, दिपेन्द्र शाही, सुरज तामु, कुसुम गुरुङ, सुमित तामाङ, प्रभात बास्कोटा, अर्जुन थापा, कृतिका भट्टराई, रुपेश लामा, सौभाग्य सिंह, दर्शन श्रेष्ठ, नविन चन्द्र अर्याल, बालकृष्ण खत्री, सब्बु गुरुङ, सुभ आर्चाय, शिशिर थापा, राजिव जोशी, र मेहश मान श्रेष्ठको अभिनय रहेको छ ।          
 

ताजा खबर