विश्वकप छनोटमा ब्राजिलको लगातार नवौं जित

२०७८ असोज २२ शुक्रबार १६:३६:०० मा प्रकाशित

विश्वकप छनोट खेलमा ब्राजिलले लगातार नवौ जित हात पारेको छ ।  शुक्रबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएला लाइ उसकै मैदानमा तीन एक गोलले पराजित गर्यो । निलम्बनमा परेका नेइमार विनाको ब्राजिल एक शून्यले पछि परेको थियो ।

भेनेजुएलाका लागि एघारौ मिनेटमा एरिक रामिरेजले गोल गरे । उनको गोल पछि भेनेजुएलाले विश्वकप छनोट खेलमा ब्राजिलालइ पहिलो पटक पराजित गर्ने आश गरेको थियो । यसअघिका १७ भेटमा ब्राजिलले जित हात पारेको थियो  ।

तर उच्च फर्ममा रहेको ब्राजिलले खेल सकिन १९ मिनेट बाँकी हुँदा तीन गोल गर्यो । ७१ औं मिनेटमा मार्किन्होजले गोल गर्दै खेल एक एकको बराबरी गरेका थिए । ८५ औं मिनेटमा  गाब्रिएल बारबोसाले ब्राजिललाई दुई एकको अग्रता दिलाए । इन्जुरी समयमा एन्टोनीको गोलसँगै ब्राजिलले जारी विश्वकप छनोटमा आफ्नो शत प्रतिशत नतिजालाई निरन्तरता दियो । तालिकाको शीर्ष स्थानमा रहेको ब्राजिलले ८ अंकको अग्रता लिएको छ । ब्राजिलको नौ खेलबाट २७ अंक छ । 
 

ताजा खबर