चट्याङ लागेर बर्दियामा एकजनाको मृत्यु
२०७८ असोज १३ बुधबार ११:५६:००
मा प्रकाशित
बर्दिया । बर्दियाको राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ । मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए ।