ईपीएलमा काठमाडौँ किंग्सद्वारा ललितपुर  ७ विकेटले पराजित

२०७८ असोज ९ शनिबार १६:२२:०० मा प्रकाशित

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) को पहिलो खेलमा काठमाडौँ किंग्सले ललितपुर पेट्रियट्सलाई ७ विकेटले पराजित गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  ललिलपुरले प्रस्तुत गरेको १५८ रनको लक्ष्य काठमाडौँले मात्र १४.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । काठमाडौँका लागि रायन बर्लले विस्फोटक ब्याटिङ गर्दै मात्र ३४ बलमा ७३ रन बनाए । उनले यस क्रममा ३ चौका र ७ छक्का हिर्काए ।

त्यस्तै, ओपनर रमानुल्लाह गुबाजले ५९ रन बनाए । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ललितपुरले  निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । ललितपुरका लागि पवन शर्राफले सर्वाधिक ६१ रन बनाए भने योगेन्द्र सिंह कार्कीले ३३ रनको योगदान दिए । काठमाडौँका लागि जितेन्द्र मुखियाले ४ विकेट लिए ।
 

ताजा खबर