फेरी अनिल–माधुरी एकैसाथ
२०७४ मङ्सिर २० बुधबार १२:१८:००
मा प्रकाशित
मुम्बई । कुनै जमानाको हिट जोडी अनिल कपुर र माधुरी दीक्षित फेरी संगै देखिने भएका छन् । उनीहरु १७ वर्षपछि संगै अभिनय गर्न लागेका हुन । निर्देशक इन्दर कुमारले आफनो नयाँँ फिल्म ‘टोटल धमाल’ मा यी दुई जोडिलाई अभिनय गराउन लागेका हुन् ।
केही वर्ष अघि अनिल र माधुरी ‘पुकार’ भन्ने फिल्ममा सँगै देखिएका थिए । दुबैले ‘बेटा’, ‘परिन्दा’, ‘तेजाब’ र ‘राम– लखन’ जस्ता हिट फिल्म दिइसेकका छन् । धेरै वर्षको अन्तराल पछि फेरी अनिलसँग अभिनय गर्न पाउँदा आफु एकदमै माधुरीले बताएकी छिन् ।
पुरानो धमालको सिक्वेल टोटल धमाल एउटा कमेडी फिल्म हो । फिल्ममा अनिल र माधुरीका साथ अजय देवगण, रितेश देशमुख, अरशद वारसी र जावेद जाफरी पनि मुख्य भूमिकामा रहने भारतीय मिडियाले जनाएको छ । साभार ः वेभ दुनियाँ