नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण  सुरु

२०७८ श्रावण २१ बिहीबार ०९:२२:०० मा प्रकाशित

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत ओमान सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ । तीव्र गतिका वलर गुल्सन झाले पहिलो पटक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा स्थान बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु अभ्यासमा १९ जना खेलाडी सहभागी छन् । जसमा गुल्सनले पहिलो पटक ठाउ बनाउदा रोहित पौडेलले पुनरागमन गरे । गुल्सनले गत फागुनमा भएको मेयर्स कप एकदिवसीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल पुलिस क्लबबाट खेलेका गुल्सनले आफ्नो वलिङबाट सवैलाई प्रभावित बनाएका थिए । फाइनलमा एपीएफलाई पराजित गर्दै पुलिसले उपाधि जित्दा उनले चार विकेट लिएका थिए ।

 पुर्व कप्तान पारस खड्काको पनि ओमान भ्रमणमा नाम समावेश गरिएको थियो ।  तर उनले टिमको तयारी सुरु हुनु एकदिन अघि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिने घोषणा गरेका थिए । बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा गुल्सन र रोहित सँगै ज्ञानेन्द्र मल्ल, आशिफ शेख, कुशल मल्ल, सोमपाल कामी, अभिनास बोहरा, शरद भेषावकर, दीपेन्द्र सिंह ऐरी, विनोद भन्डारी, सन्दीप लामिछाने, साहव आलम, विक्रम सोब, कुशल भुर्तेल, अरिफ शेख, करण केसी, कमलसिंह ऐरी, शुसान भारी र  पवन सरार्फ छन् ।

रोहित गत माघमा नेपालमानै भएको अमेरिका, र ओमान सम्मिलत त्रिकोणात्मक सिरिज पछि टिम बाहिर रहेका थिए । कोभिडका कारण खेल तालिका नहुँदा श्रीलङ्का फर्किएका  टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर पनि नेपाल  आइसकेका छन् ।   नेपालले आगामी सेप्टेम्बरमा अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्न लागेको हो ।
 

ताजा खबर