टोकियो ओलम्पिकको पहिलो स्वर्ण पदक चीनलाई

२०७८ श्रावण ९ शनिबार १२:४६:०० मा प्रकाशित

काठमाडौं । टोकियो ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले हात पारेको छ । चीनका लागि सुटिङकी चियाङ याङले स्वर्ण जितेकी हुन् । उनले महिला दश मिटर एयर राइफलमा स्वर्ण प्राप्त गरेकी हुन् । स्वर्ण जित्ने क्रममा २१ व्र्षिया याङले रुसकी आनातास्यिा ग्यालासिनालाई उछिनिन् ।

याङले दुइ सय ५१ दशमबल ८ अंक जोडेकी थिइन् । यो ओलम्पिक कीर्तिमान पनि हो । २ सय ५१ दशमलब १ अंक जोड्दै आनातास्यिाले रजत पदक जितिन् । डोपिङका कारण रुस देशका रुपमा ओलम्पिकमा सहभागी हुन प्रतिबन्धित छ । त्यसैले खेलाडी रुस ओलम्पिक कमिटीको नाममा प्रतिस्पर्धा गरिरहेका छन । स्विटजरल्यान्डकी निना क्रिस्टेनले कास्य पदक प्राप्त गरिन् । उनले ३ सय ३० दशमबल ६ स्कोर बनाएकी थिइन् ।

ताजा खबर