ऋचासँग दिपक–दिपा आक्रोशित 

२०७४ मङ्सिर ११ सोमबार १२:२५:०० मा प्रकाशित

काठमाडौं,११ मंसीर । नेपाली चलचित्र नगरीमा गसिप कमाउनु भनेको खासै नौलो कुरा होइन । त्यसमाथी नायिका ऋचा शर्मा धेरै नै गसिपमा आउने नायिकाको रुपमा चिनिन्छिन् । केही समय गसिपबाटै टाडै रहेकी नायिका शर्मा फेरी विवादमा परेकी छिन् । उनी यसपटक दिपक–दिपाको फिल्म  ‘छक्का पन्जा’ को कारणले  विवादमा परेकी हुन । 

एक कार्यक्रममा नायिका शर्माले चलचित्रको विषयमा बोल्ने क्रममा  ‘छक्का पन्जा’ र यसकी निर्देशक दीपाश्री निरौलामाथि प्रश्न उठाइन् । यती मात्र कहाँ हो र उनले त चलचित्र हेर्ने दर्शकलाई मुर्ख समेत भन्न भ्याइन् । 

उनको भनाईमा, ‘चलचित्रको एक दृश्यमा महिलालाई दैनिक पिट्न पाउनुपर्छ भनिएको छ । यही दृश्य हेरेर  दर्शक हाँसेका छन् र ताली बजाएका छन् । मैले चलचित्रको ब्रेकमा दीपा जीलाई के हो दिदी यस्तो भनेर पनि सोधे । तर उहाँले दोश्रो हाफ पनि हेरन् भनेर जवाफ दिनुभयो  । हलमा महिलाको वेइज्जत हुँदा दर्शक हाँसेको र ताली बजाएको देख्दा रिस पनि उठिरहेको थियो ।’

यता यी सबै  कुराहरु सुनेर कलाकार दिपकराज गिरीलाई पनि आफनो फेसबुकमा स्टाटस् नठोकी भएन । उनले एकजना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शकलाइ मूर्ख भन्नुभएछ ।  प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु भएकोले नै तपार्इका फिल्मले कहिल्यै दर्शक पाएनन् भनेर लेख्न भ्याई हाले । 

ताजा खबर