रिसाहा बंगलादेशी क्रिकेटरले माफी मागे

२०७८ जेठ २९ शनिबार ०९:५२:०० मा प्रकाशित

ढाका । बंगलादेशका अल राउन्डर सकिव अल हसनले, आफुनो गरेको गल्ति स्वीकार गर्दै माफी मागेका छन् । सकिवले बंगलादेशको घरेलु टि ट्वान्टी ढाका लिगका क्रममा अम्पायरले आउट नदिएपछि रिसले खुट्टाले स्टम्पमा हानेका थिए ।

मोहम्मद स्पोर्टिङ क्लबका सकिवले शनिबार अवहानी लिमिटेड विरुद्धको खेलमा यो खेल भावना विपरित कार्य गरेका हुन् । अवहानी स्पोर्टिङले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याइरहेको थियो । कप्तान समेत रहेका सकिव पाँचौ ओभरमा वलिङमा आएका थिए । ब्याटिङमा मुश्फिकर रहिम थिए । उनले सकिवलाइ दोस्रो वलमा छक्का र तेस्रो वलमा चौका प्रहार गरेका थिए । अन्तिम वलमा सकिवले एलबिडब्लु अपिल गर्दा अम्पायरले दिएनन् । त्यसपछि उनले स्टम्पमा खुट्टाले हान्नुका साथै अम्पायरसँग पनि भनाभन गरेका थिए । उनको यो भिडियो भाइरस भएसँगै ब्यापक आलोचना पनि भयो ।

त्यसपछि उनले आम समर्थकसँग माफी मागेका हुन् । आफुले यस्तो कार्य गर्न नहुने भन्दै आगामी दिनमा नदोहोर्याउने बाचा गरेका छन् । यसले सवैलाई चोट पुगेको भन्दै मानविय त्रुटी मानेर आफुलाई माफी दिन आग्रह गरेका छन् । सविक  पछिल्लो समय विश्व क्रिकेटका एक उत्कृष्ट अलराउन्डरमा पर्छन् । 

ताजा खबर