के हाे त केन्जो ? यस्तो छ यसको कहानी

२०७८ जेठ २५ मंगलबार १२:५८:०० मा प्रकाशित

सेतो पत्रैपत्र गरेर फूलेको फूल देखेपछि नरमाउने कुरै भएन । भिरालो जमिनको अफ्ठेरो चट्टानमा फुल्ने केन्जो लोभलाग्दो देखिन्छ।

डाँडैभरि टावरझैं फूलेको हुन्छ केन्जो । लेकाली चौर र अग्ला डाँडा निकै आर्कषक देखिएर फूलेको भेटिन्छ। केन्जो जडीबुटी औषधी पनि हो। केन्जोलाई नेपालीमा पदमचाल भनिन्छ। पूर्वको चर्चित तिम्बु पोखरी क्षेत्रमा यो भेटिन्छ। टावरजस्तो सेतो वनस्पति लहरै देखिन्थ्यो। पहाडमा बाक्लो गरी देखिने केन्जो लामो क्षेत्रसम्म फैलिएको छ। फरक किसिमको फूल भएकाले आर्कषक देखिन्छ। फेरि यो कमै ठाउँमा पाइन्छ। तिम्बुपोखरी क्षेत्र केन्जो पाइने एक ठाउँ हो।

जैविक औषधिको महत्व समेत बोकेको यो वनस्पति आर्कषक भएकाले नै चर्चित छ। यस क्षेत्रका घरमा केन्जोको तस्बिर फ्रेममा झुण्डिएको देख्न पाइन्छ। होटलमा पनि राखेको देख्न पाइन्छ। यसको व्याख्या पहिलोपल्ट ब्रिटिस बोटानिस्ट सर जेसेफ टाल्टन हुकरले गरेको भेटिन्छ। उनले ‘हिमालयन जर्नलस नोट्स आफ न्याचुरलिस्ट’मा व्याख्या गरेका छन्।

सन् १८४९ तिर सिक्किमको लाछेन उपत्यकामा यो वनस्पति देखेको लेखेका छन्। ‘पदमचाललाई मैले पहिलो पल्ट १ माइल टाढाबाट देखें। लाछेन उपत्यकाको १४ हजार फिट उचाईमा अवस्थित कालो पहाडलाई यसले अत्यन्त सुन्दर बनाएको थियो। अप्ठ्यारा ठाउँमा थिए। तीन फिट जति अग्लो यस वनस्पति पिरामिड टावरको रूपमा ठिंग उभिएको थियो,’ उनले लेखेका छन्।

केञ्जोखबर (www.kenjokhabar.com)मा लेखिएको छ- पदमचाल तीन हजार दुई सयदेखि चार हजार दुई सय मिटरसम्म उचाइमा पाइने लिंकन विश्वविद्यालयका विद्यार्थी सोनाम टासी लामाले जानकारी दिए। नेपाल, भारत र भुटानमा यो वनस्पति भेटिएको छ। यसलाई कृत्रिम तरिकाले युरोपमा पनि उमारिएको छ।

 

ताजा खबर