दशरथ रंगशालामा ५० प्रतिशत दर्शकले प्रवेश अनुमति पाउने
२०७७ चैत २० शुक्रबार २०:२५:००
मा प्रकाशित
काठमाडौं । दशरथ रंगशालामा हुने एएफसी कप दक्षिण एशीयाली छनोट खेलमा ५० प्रतिशत दर्शकले मात्र प्रवेश अनुमति पाउने भएका छन् । एपीएफ कपको प्रारम्भिक चरणको छनोटमा नेपालको त्रिभुवन आर्मी फुटवल क्लबले श्रीलङकाको पुलिस स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्देछ । यो खेल चैत २५ गते दशरथ रंगशालामा हुनेछ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरस संक्रमणका कारण रंगशालाको क्षमता भन्दा आधा मात्र दर्शकलाई प्रवेश दिने बताएको हो । रंगशालाको पुर्ण क्षमता १५ हजार हो । अब सात हजार ५ सय दर्शकले मात्र टिकट पाउनेछन् । टिकटको मुल्य पनि तोकिएको छ । भिआइपी तर्फ ५ सय र साधारण तर्फ तीन सय लाग्नेछ । खेल साढे पाँच बजे सुरु हुनेछ ।
आर्मीले श्रीलङकन क्लबलाई पराजित गरे दोस्रो चरणमा भारतको बैङलुरुसँग खेल्नेछ । आर्मीले अन्तिम टोलीको घोषणा भनेको गरेको छैन ।