इपिएलमा रेलिगेसनको खतरा

२०७७ चैत ७ शनिबार ११:१९:०० मा प्रकाशित

काठमाडौं । फुलह्याम माथि इङलिस प्रिमियर लिगबाट रेलिगेसन हुने खतरा बढेको छ । गएराती भएको खेलमा फुल्हयाम लिड्स युनाइटेडसँग दुइ एक गोलले पराजित भयो ।

घरेलु टोली फुलह्याम विरुद्ध लिड्सले २९ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि पेट्रिक बेमफर्डले गोल गरेका थिए । ३८ औं मिनेटमा फुलह्यामका योचिम एन्डरसनले बराबरी गोल फर्काए । पहिलो हाफमा लिड्सले गरेका दुइ गोलले मान्यता पाएन् । एक गोललाइ भिडियो एसिस्टेन्ट रेफ्रिले खारेज गरिदियो । अर्को एक गोल अफसाइड भएको थियो । ५८ औं मिनेटमा बेमफोर्डको पासमा राफिन्हाले गोल गरेपछि लिड्सले तीन अंक बटुल्यो ।

 जीत हात पार्दै रेलिगेसन जोन भन्दा माथि आउने लक्ष्य राखेको फुलह्याम सफल भएन् । प्रिमियर लिगमा उसको यो लगातार तेस्रो हार हो ।  ३० खेलबाट २६ अंक जोड्दै फुलह्याम तालिकाको १८ औं स्थानमा छ । एघारांै स्थानमा रहेको लिड्सको २९ खेलबाट ३९ अंक छ । 

ताजा खबर