यस्तो छ खर्बपति बिनोद चौधरीको यात्रा अनुभवसँग जोडिएको रहस्य

२०७७ फाल्गुण १४ शुक्रबार ११:२४:०० मा प्रकाशित

काठमाडौं । नेपालका खर्बपति बिनोद चौधरीलाई जुनबेला महँगो मोटर चढेर शयर गर्ने सोख थियो , त्योबेला उनको हातमा स्रोत थिएन, अहिले मनग्गे स्रोत छ तर त्यस्तो मोटर चढ्ने सोख छैन ।

देशदेशावर गर्दा होस् कि विदेशका शहरहरुमा कामकाजले हिँड्नु परोस् चौधरी मोटरमै सवार हुन रुचाउँछन् । भन्छन्- 'म सकेसम्म मोटरमै यात्रा गर्न रुचाउँछु, मोटरमा हिँड्दा प्रकृतिको सुरम्य दृश्य दर्शन गर्न पाईन्छ । विभिन्न ठाउँगाउँहरुमा मानिसहरुको चहलपहल नजिकैबाट अवलोकन गर्न पाईन्छ जसले गर्दा मन हलुका हुन्छ, आनन्द आउँछ ।'

उद्योगपति चौधरी कैयौंं थाँती रहेका कामहरु मोटरमा यात्रा गर्दा फत्ते गर्छन् । यो उनको बानी हो । साथीभाई र सरोकारवाला मित्रजनका 'मिस्ड कल'हरु रेस्पोन्स पनि गर्छन्    यात्रामै । कैयौं नयाँ योजना पनि उनले मोटरमा यात्रा गर्दा नै बुनेका छन् । 

सडक यात्रा मात्र होइन बिनोदको पैदलयात्रा पनि अर्को बानी लागेको सोख हो । संसारका धनाढ्य व्यक्तिहरुले प्राईभेट जहाजमा आएर पैदलयात्रा गरेर नेपालको प्राकृतिक सौन्दर्य अवलोकन गरेको थाहा पाएर कुनैबेला उनलाई एककिसिमको अपशोच जस्तो पनि भएको थियो । उनले सोचे, अहो ! म यही देशको नागरिक भएर पनि यस्तो अमूल्य अवसर गुमाई पो रहेको रहेछु' भन्ने लागेपछि उद्योगपति चौधरीले पैदलयात्रा सुरु गरे । त्यो अठोट उनको निरन्तर जारी छ र यो कार्यले उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवर्द्दनमा समेत ठोस योगदान पुगिरहेको छ । पैदलयात्रामा शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य पनि ताजा हुने उनको अनुभव छ । यतिमात्र होईन, उच्च पहाडी र हिमाली क्षेत्रको दृश्यावलोकन गरिरहँदा अनेका उन्नत र नवीन योजना समेत बनाउन सकेको बिनोदले सुनाए ।

मानिसको शरीरले असिमित काम गर्नसक्छ भन्ने मान्यता राख्ने बिनोदलाई खासै छुट्टी बस्ने रहर लाग्दैन । आफूलाई कामचलाउ पाराको काम गराई पटक्कै मन नपर्ने अनुभव सुनाउने गरेका चौधरी पर्फेक्सनिस्ट नै हुन् । उनले आफ्नो उद्योग व्यवसायमा यही सिध्दान्त लागु गरेका छन् र सक्षम दक्ष कामदारबाट सेवा लिने गरेका छन् । भन्छन्-  'मेरा व्यक्तिगत र संस्थागत कामका लागि पनि सक्षम कामदार र पर्फेक्ट सिस्टम बनाएको छु त्यसैले मेरा सबै कामहरु कामचलाउ जस्ता हुँदैनन् ।'

चालिस बर्ष पुराना कपडा र जुत्ता पनि जतन गरेर राखेका छन् भने बेलाबखत सानो ठूलो बनाउदै प्रयोग पनि गरिरहेकाछन  बिनोदले । यी आफूले प्रयोग गरेका सामानलाई उनी जीवनका सुुन्दर सम्झना ठान्छन, त्यसैले तिनलाई फाल्न चाहँदैनन् । ताजातरोजा छन् उनका ती व्यक्तिगत सामानहरु । खानामा पनि त्यस्तो स्पेशल छनौट छैन साधारण खाना भए हुन्छ । कुनैबेला ह्वीस्कीका सौखिन थिए उनी तर आजकल केही गिलास वाईनमा चित्त बुझाउँछन् । 

'म जमिनबाट उठेको व्यक्ति हुँ, न मलाई कुनै किसिमको लघुताभास नै छ न त म एरोगेन्ट छुु बिनोदले यात्राका अनुभवहरु सनाउँदै गर्दा भने- 'मलाई आफ्नै कर्मले चिनाएको छ अरु कुराले होईन ।'

सुपरिचित उद्योगपति बिनोद चौधरीले मुग्लिङ्ग देखि पोखराको सडकयात्रामा मोटरमै बसेर आफ्नो जीवनका कैयौं रोचक अनुभवहरु सुनाए । उनको प्रेरणादायी यी अनुभवका वित्तान्त दृश्य टेलिभिजनको वाईड एंगलमा हेर्न सक्नुहुने छ । त्यसका लागि यो लिंकमा क्लिक गर्नुहोला- 

 

ताजा खबर