राष्ट्रिय महिला लिग: एपीएफ आठ अंकले अग्रणी
२०७७ माघ १७ शनिबार २१:११:००
मा प्रकाशित
काठमाडौं । एपीएफ क्लबले राष्ट्रिय महिला लिगमा स्पष्ट आठ अंकको अग्रता लिएको छ । उसले शनिबार भएको खेलमा वालिङ नगरपालिका स्याङजालाइ तीन शुन्य गोलले पराजित गर्यो ।
सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सावित्रा भण्डारीले १३ औं मिनेटमा गोलको खाता खोलेकी थिइन् । विदेशी खेलाडी सहित मैदान उत्रिएको वालिङ विरुद्ध एपीएफले पहिलो हाफमा एक शुन्यको अग्रता बनायो । ७१ औं मिनेटमा प्रिती राइले दोस्रो गोल थपिन् ।
७५ औं मिनेटमा सावित्राले गोल गरेपछि एपीएफले लगातार पाँचौ जीत हात पार्यो । सावित्राले जारी लिगमा अहिलेसम्म १२ गोल गरिसकेकी छिन् । तालिकाको शीर्ष स्थानमा रहेको एपीएफको १५ अंक छ । दोस्रो स्थानको त्रिभुवन आर्मी फुटवल क्लबको सात अंक छ । उसले एपीफ भन्दा एक खेल कम खेलेको छ । वालिङ पाँच खेलबाट पाँच अंक जोड्दै पाँचौं स्थानमा छ ।