फेरी विवादमा नीति शाह  

२०७४ कार्तिक २९ बुधबार १४:३६:०० मा प्रकाशित


काठमाडौं, २९ कात्तिक । आजभोली  सामाजिक सञ्जालहरुमा २०१७ मिस नेपालकी सेकेण्ड रनरअप नीति शाहको चर्चा धेरै नै चल्न थालेको छ । तर यो चर्चा चल्नुको कारण उनको राम्रो कामले भने होइन ।  केही महिना अघि जापान पुगेकी नितीले  मोडलिङमा आफ्नो छुट्टै पहिचान बनाइसेककी थिइन  ।  उनको सामाजिक सञ्जालमाहरुमा पनि राम्रो फ्यान फलोइङ नै थियो । 

यससंगै यस वर्षको मिस नेपालको उपाधि नीतिले जित्छिन् भन्ने धेरले अनुमान समेत लगाएका थिए । तर फाइनलमा उनले दिएको प्रश्नको जवाफले धेरैलाई निराश बनायो ।  नीतिले मिस नेपालमा सेकेण्ड रनरअपको उपाधिबाट आफनो चित्त बुझाउनपर्यो । यति बेला नीतिले  फेरी अंग्रेजी बोल्न नजानेको भन्दै सामाजिक सञ्जालहरुमा चर्को आलोचना भइरहेको छ ।  

जापानमा भएको मिस इन्टरनेशनलमा बिभिन्न देशबाट आएका सुन्दरीहरुलाई महिला शिक्षाको सम्बन्धमा आफ्नो भनाई राख्नु भनिएको थियो । त्यसैमा नीतिले आफनो उत्तरमा नेपालमा दुई समूहका महिला छन् भनेर बिभाजन गरेकी थिइन् । सभामा नीतिले भनेकी थिइन कि, ‘नेपालमा ग्रामीण र शहरीया महिला रहेको छन् । सहरमा बस्ने महिलाहरू शिक्षित रहेको, सफा रहेको र ग्रामीण महिलाहरू अशिक्षित र सरसफाइमा ध्यान नदिने प्रकारको रहेका छन् । त्यसमा पनि ग्रामीण महिलाहरु विभिन्न देशमा बेचिएका छन् ।’ उनको यसै उत्तरले  अहिले सामाजिक सञ्जालहरुमा धेरैले आक्रोश व्यक्त गरिरहेका छन् ।  उनले यसो भन्नुको कारण, उनको कमजोर अग्रेजीले गर्दा हो भनेर अहिले सामाजिक सञ्जालमाहरुमा टिकाटिप्पणी  गर्न थालिएको छ ।  यससंगै कतिले त कमजोर तयारीको साथै सामान्य ज्ञानको कमीले यस्तो बोलेको भनेर लेखेका पनि छन् । 

केही समय अघि उनले मिस नेपाल निकिता चन्दकलाई काली भनेर सम्बोधन गरेको कारण पनि चर्चामा आएकी थिइन् । तर यी सबै नितीले चर्चा कमाउनका लागि गरेकी हुन या उनलाई साच्चै नै अंग्रेजी बोल्न नआउने हो त्यो अहिले धेरैले सोच्न पर्ने बिषय बनेको छ । 

ताजा खबर