अब कोभिड १९ को बहानामा अतिरिक्त शुल्क लिए कारवाही
२०७७ मङ्सिर २२ सोमबार १०:२४:००
मा प्रकाशित
– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड १९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिएका छन् ।
बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानूनअनुसार कारवाही गरिनेसमेत बताए ।
निजी तथा ठूला लगानीमा सञ्चालन भएका विभिन्न अस्पतालले कोभिड १९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क उठाउँदै आएको देखिएपछि स्वास्थ्य मन्त्रालयले कारवाही गरिने चेतावनी दिएको हो ।