पूर्वप्रधानमन्त्री नेपालका ९ सुरक्षाकर्मी कोरोना संक्रमित, परिवारको रिपोर्ट नेगेटिभ
२०७७ भदौ ६ शनिबार १२:३७:००
मा प्रकाशित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण रहेको थाहा भएको छ।
नेपालका पीएसओ र पछुवा गाडीका चालकसहित ९ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको उनको सचिवालयबाट थहा भएको छ। तर, नेता नेपाल र उनका परिवारका सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको बुझिएको छ ।
बिहीबार गरिएको स्वाब संकलनको रिपोर्ट शुक्रबार राति आएको हो । नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार बिहीबार स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । रिपोर्ट आउँदा पीएसओसहित ९ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित सबै प्रहरीलाई आइसोलेसनमा पठाइसकिएको छ ।