राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२०७७ भदौ २ मंगलबार १८:५५:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज मंगलबार निधन भएको छ।  साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवासमा घिमिरेको निधन भएको हो ।

वि.स. ७ आश्विन १९७६ मा लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरेका कविता, नाटक, यात्रा, संस्मरण र निबन्धहरू प्रकाशित छन् भने केही कालजयी गीत पनि उत्तिकै लोकप्रिय छन् । 

शोककाव्य गौरी नेपाली समाजमा औधि मन पराईएको कृति मानिन्छ ।

राष्ट्रकवि घिमिरेले पद्मश्री साधना सम्मानलगाय विभिन्न पुरस्कारहरू प्राप्त गरेका छन्। 

घिमिरेका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर किन्नरी, गौरी, मालती-मंगले,  राजेश्वरी, राष्ट्रनिर्माता, चारु चर्चा र आफ्नो बाँसुरी आफ्नै गीत लगायतका कृतिहरू प्रकाशित छन्। 

राष्ट्रकवि घिमिरेप्रति सरल पत्रिका परिवारको हार्दिक श्रध्दाञ्जलि !
 

ताजा खबर