प्रहरी अस्पतालका दुई डीआईजी कोरोना सङ्क्रमित
२०७७ श्रावण ३२ आइतबार १४:१७:००
मा प्रकाशित
काठमाडौं । नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा कार्यरत दुई डीआईजीमा कोरोना सङ्क्रमण पाइएको छ । त्यहाँ कार्यरत डीआइजीहरूमा सङ्क्रमण पुष्टि भएको नेपाल प्रहरी स्रोतबाट थाहा भएको छ ।
नेपाल प्रहरीको प्रधान कार्यालय र अस्पतालमा गरी १५५ जनामा सङ्क्रमण भइसकेको बताईएको छ । यो समेत प्रहरी संगठनभित्र देशभर ६२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र त्यसमध्ये १४० जना निको भएको थाहा भएको छ।